काठमाडौँ । (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ । ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धान व्यूरो (सीआईबी)ले नेपालसंग बयान लिएको हो ।
सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले नेपालसँग पनि बयान लिइएको बताइन । सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग समेत बयान लिइसकेको जनाएको छ ।
सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए ।
