भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को टेलर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को टेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को टेलर सार्वजनिक गरिएको छ । चलचित्रले राजनीतिका कारण नाङ्गिदै गएको गाउँको अवस्थालाई चित्रण गरेको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र भदौको २९ गतेबाट रिलिज हुन लागेको हो । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छन् भने शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, रविन्द्र झालगायत कलाकारको पनि अभिनय रहेको छ ।

यसअघि नै रिलिज भएका गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ । राजनीतिक पृष्टभूमीमा निर्माण गरिएको चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा गरिएको हो । गत चैत १० गतेबाट चलचित्रको छायांकन सुरु थियो ।

 


Thali Mobile Pvt.Ltd.