भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

घाँस लिन पनि सीमापारी धाउनु पर्ने बाध्यता

घाँस लिन पनि सीमापारी धाउनु पर्ने बाध्यता

कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन भारतमा जाने गरेका छन् । सीमा नाकामा दुई देशबीचका नागरिकको आपसी सम्बन्धका कारण सम्भव भएको जनाइएको छ ।

दोधाराका मानिस भारतीय गाउँ कलौनामा मेलापात जाने गरेका छन् । झन्डै तीन किलोमिटर बाटो हिँडेर महिला भारतीय बस्ती कलौना पुग्ने गरेका छन । दोधारा चाँदनीको कुतियाकवरमा विसं २०२२ देखि बस्दै आएका टेकबहादुर सुनारले अहिलेसम्म दुई देशका नागरिकबीच मनमुटावका नभएको बताउँछन् ।

विसं २०६५ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नेपालसँग सम्पर्क जोडिएको हो । उनीले भने ‘ ‘मेलापात, बिहे, व्रतबन्धलगायतका कार्यक्रममा पनि हामी आउने– जाने गर्छौँ, हामीले पनि बोलाउँछौँ, उहाँहरूले पनि बोलाउनुहुन्छ । हामी सिमाका बासिन्दा सीमाका प्रहरेदार हौ ।’

महाकालीपारिको गाउँ भनेर चिनिने दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतसँगको खुला सिमाना रहेको छ । यहाँका औसत परिवारको आम्दानीको स्रोत नै कृषि व्यवसाय रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.