भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

सीमा क्षेत्रमा कडाई

सीमा क्षेत्रमा कडाई

बर्दिया । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सम्बद्ध सबै क्षेत्रमा कडाई गरिन थालिएको छ । देशका विभिन्न क्षेत्रमा निर्वाचन अघि नै सीमा क्षेत्रमा कडाई गरिने गरिएको हो । सीमा क्षेत्रको दशगजा क्षेत्रमा कडाई गरिने गरिनुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती समेत गर्ने सहमती भएको छ । स्थानीय तहको निर्वाचन अघि बर्दिया र बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने द्विपक्षीय निर्णय भएको जनाइएको छ।

दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमासमेत रोक लगाउने निर्णय भएको छ । बर्दिया जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ८२ किलोमिटर छ भने बाँकेको ६५ किलोमिटर रहेको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचन अघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने सहमती भएको छ ।

 


Thali Mobile Pvt.Ltd.