भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

सुदूरपश्चिममा ढिलो मनसुन शुरु

सुदूरपश्चिममा ढिलो मनसुन शुरु

सुदूरपश्चिम । सुक्खा मौसमले चिन्तित कैलाली र कञ्चनपुर जिल्लाका किसान साउन लागेसँगै भएको मनसुनी वर्षाले खुशी भएका छन् ।ती दुई जिल्लामा असार महिनाभरी पर्याप्तमात्रामा वर्षा हुन नसक्दा खडेरीले धान बालीमा प्रतिकूल असर पुगेको जनाउँदै किसान चिन्तित देखिएका थिए । “पर्याप्त पानी नपर्दा धान रोपाइँ गरिएको खेतमा चिरा परेर बाली बिग्रिन लागेको चिन्ता थियो”, धनगढी उपमहानगरपालिका–१३ किसान मोहन पाण्डेयले भन्नुभयो, “साउन लागेसँगै पर्याप्त वर्षा भएपछि अब बाली सप्रिने आसा जगाएको छ ।”

भरपर्दो सिँचाइ सुविधाको अभाव झेल्दै आएका ती जिल्लाका अधिकांश किसान आकासको पानीको भरमा धान रोपाइँ गर्दछन् । पर्याप्त पानी नहुँदा धान खेतमा झारपात उम्रिने र रोग किराको समस्या देखिने चिन्ता तीन दिनयता वर्षा भइरहँदा हटेको किसान अमरबहादुर चौधरीले बताउनुभयो ।नेपालमा मनसुन वर्षेनी जुन १० मा प्रवेश गरेर सेप्टेम्बर २३ सम्म रहने गर्छ । सुदूरपश्चिम प्रदेशमा भने केही दिन ढिलो मनसुन प्रवेश गर्ने गर्दछ । यस वर्ष भने जुन १० गते नै मनसुन प्रवेश गरे पनि पर्याप्त वर्षा हुन नसक्दा प्रदेशका तराईका जिल्लामा असार महिनामा सुक्खा र खडेरीको मौसम देखिएको थियो ।

प्रदेशका पहाडी जिल्लामा भने मनसुनी वर्षाको प्रभाव तराईका जिल्लाको तुलनामा केही बढी देखिएको थियो । तराईमा देखिएको सुक्खा मौसमसँगै भएको उखरमाउलो गर्मीले जनजीवन पनि नराम्रोसँग प्रभावित भएको थियो ।अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले यस वर्ष मनसुन समयमै भित्रिएको भए पनि पश्चिमी वायुको प्रभावका कारण कैलाली र कञ्चनपुरलगायतका क्षेत्रमा जुन १० देखिको एक महिनासम्म ठूलो मनसुनी वर्षा हुन नसकेको जनाएको छ ।

“मनसुन जुन १० मा भित्रिएको भए पनि पश्चिमी वायुको प्रभावका कारण ठूलो वर्षा हुन सकिरहेको थिएन”, कार्यालयका सूचना अधिकारी सिङ्गल चौधरीले भन्नुभयो, “साउन लागेसँगै ठूलो वर्षा भइरहेको छ ।”यस वर्ष गएको जुन १० देखि जुलाई १० सम्मको एक महिनामा जम्मा ३८० मिलिमिटर वर्षाको मापन भएको थियो । जबकी पछिल्लो पाँच दिनमै २९४ दशमलव पाँच मिलिमिटर वर्षा मापन भएको छ । गत वर्षको जुलाई १० सम्म पनि ठूलो वर्षा हुन सकेको थिएन । सुदूरपश्चिम प्रदेशको अत्तरिया, डडेलधुरा र दीपायलमा जल तथा मौसम विज्ञान विभागका फिल्ड कार्यालय सञ्चालनमा छन् ।

वर्षेनी जलवायुमा भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भइहालेमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने बताइएको छ । यसैगरी बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्र जीवभन्दा शत्रु जीवको समस्या बढी हुने जस्ता समस्या देखिन थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.