भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सुदूरपश्चिममा प्रत्यक्षतर्फ चारजना मात्रै महिला उम्मेदवार

सुदूरपश्चिममा प्रत्यक्षतर्फ चारजना मात्रै महिला उम्मेदवार

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा चार जना मात्रै महिला उम्मेदवार बन्ने भएका छन् ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाका लागि महिला उम्मेदवार बनाएको हो ।

सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ वटा निर्वाचन क्षेत्र रहे पनि नेपाली कांग्रेसबाट एक महिला पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको छैन ।

कांग्रेसकी प्रभावशाली नेतृ प्रधानमन्त्री पत्नी आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ मा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चर्चा भए पनि अन्त्यमा उनलाई डडेल्धुराबाट समानुपातिकमा पठाइएको थियो ।

नेकपा माओवादी केन्द्रले प्रदेशमा प्रतिनिधि सभामा एक, नेकपा एमालेले दुई र नागरिक उन्मुक्ति पार्टीले एक गरी चार जना महिला उम्मेदवार प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन् ।

१६ वटा निर्वाचनका आधारमा प्रत्यक्षतर्फ प्रतिनिधिमा महिलाको सहभागिता २५ प्रतिशत देखिन्छ । संविधानले नै महिला सहभागिता ३३ प्रतिशतको व्यवस्था गरेको छ ।

तर, प्रतिनिधि सभामा महिला सहभागिता ३३ प्रतिशत पुगाउनतर्फ दलहरूले कुनै चासो नदिएको महिला नेतृहरू गुनासो गर्दै आएका छन् ।

नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा विना मगरलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले डोटीमा गौरी ओली र कञ्चनपुर क्षेत्र नम्बर ३ मा निरूदेवी पाललाई उम्मेदवार बनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा रञ्जिता श्रेष्ठ चौधरीलाई उम्मेदवार बनाएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एमालेकी गौरी ओली सत्ता गठबन्धनकाका तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रेम आलेसँग चुनावी मैदानमा उत्रिएकी छन् ।

ओली नेकपा एमाले पोलिटब्युरो सदस्य तथा डोटी इन्चार्ज हुन् । पूर्व मन्त्री आले २०७० र २०७४ मा प्रत्यक्ष निर्वाचित सांसद हुन् । आले एमाले विभाजित भएसँगै माधव पक्षतिर लागेका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.