भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सुदूरपश्चिम सरकारका कानूनमन्त्री सिंहको गाडी दुर्घटनामा निधन

सुदूरपश्चिम सरकारका कानूनमन्त्री सिंहको गाडी दुर्घटनामा निधन

कैलाली । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मंगलबार उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।
सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी भरत बोहराले सिंहको उपचारका क्रममा मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिनुभयो ।

मंगलबार दुर्घटनामा परि गम्भिर घाइते हुनुभएको सिंहलाई थप उपचारका लागि हेलीकोप्टरबाट नेपालगञ्ज लगिएको थियो । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.