भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

सुरक्षाकर्मीको दुश्मन जाडो: ज्याकेटको भरमा ड्युटी

सुरक्षाकर्मीको दुश्मन जाडो: ज्याकेटको भरमा ड्युटी

हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई जाडो नै दुश्मन बनेको छ । सीमामा सुरक्षार्थ खटिएका प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली जिल्लामा समस्या भएको छ । विशेषगरी बोर्डर आउट पोष्ट (बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोले सताएको छ ।

हिमाली क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता अहिले पनि रहेको छ । सरकारले अतिरिक्त सुविधा दिएको छैन भने रासनसमेत नबढाएको गुनासो छ । राज्यको सुविधा सीमित भएको सशस्त्र प्रहरी कार्यालय इलामका प्रमुख सुधीरजङ्ग थापाले बताए ।

तीन हजार मिटरभन्दा बढी उचाइका बिओपी छन् । जुन क्षेत्रमा वर्षमा पाँच महिना हिउँ पर्छ तर सुविधा नबढाउँदा समस्यासँग जुझ्दै सुरक्षामा खटिनुपरेको बाध्यता छ । प्रत्येक बीओपीमा २०÷२० जनाको दरमा सशस्त्र प्रहरी खटाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.