भर्खरै : Sorry, your browser does not support inline SVG.
दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै | दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोग बढाउने नीति | सरकारका गतिविधिले नागरिकलाई सन्तुष्ट पार्न सकेनन् : प्रचण्ड | संसदमा एमालेको आक्रोश : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप | कर्णालीको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त | प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित, आयुक्तमा वाग्ले र सुब्बा पनि स्वीकृति | सुनसरी घटनापछि सर्वदलीय अपील : ‘सामाजिक सद्भाव कायम राखौँ’ | मानव बेचबिखन रोक्न नेपाल प्रहरीको तयारी, ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गरिने |

सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्ने चीन र साउदी अरब तयार

सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्ने चीन र साउदी अरब तयार

काठमाडौं । चीन र साउदी अरेबिया बीच सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्ने सहमति भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ र साउदीका राजा सलमान बीच सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्ने सहमति भएको हो । दुई देशबीच सम्झौतापछि साउदी प्रेस एजेन्सीले संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ ।

विज्ञप्तिमा ऊर्जा, सुरक्षा, इरानको आणविक कार्यक्रम, यमनको सङ्कट र युक्रेन–रुस युद्धलगायत विश्वव्यापी मुद्दाहरूमा छलफल भएको जनाइएको छ । साउदी अरबका राजा सलमान र उनका ३७ वर्षीय छोरा राजकुमार प्रिन्स मोहम्मद बिन सलमानसँग भएको भेटमा दुवै पक्षले तेल बजारमा ‘स्थिरताको महत्त्व’ मा जोड दिएको उल्लेख गरिएको छ ।

दुवै पक्षले सबै क्षेत्रमा संयुक्त कार्यलाई निरन्तरता दिने, दुई देशबीचको व्यापक रणनीतिक साझेदारीको ढाँचाभित्र रहेर सम्बन्धलाई प्रगाढ बनाउने र नयाँ तथा आशाजनक योजनामा जोड दिएको जनाइएको छ । भ्रमणमा चीन र साउदी अरेबिया सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्न पनि सहमत भएको र आपसी आन्तरिक विषयमा कुनै हस्तक्षेप नगर्ने सहमति भएको उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.