भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

सुर्खेत । सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द गर्न लागिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।

धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले १० मंसिरदेखि ५ पुससम्म विमानस्थल बन्द हुने भएको हो । धावनमार्गमा ओभरले गर्नुपर्ने भएकाले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुरारी भण्डारीले नयाँ विकल्पलाई बताए ।

विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपछि बुद्ध एयरले नेपालगञ्जमा थप उडान गर्ने जानकारी दिएको छ । मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाइ यात्रा थप सहजताका लागि नेपालगञ्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरको तयारी छ ।

 


Thali Mobile Pvt.Ltd.