भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपति भण्डारी महोत्तरी जाँदै

राष्ट्रपति भण्डारी महोत्तरी जाँदै

महोत्तरी । आफ्नो ठाउँमा राष्ट्रप्रमुख आउने कार्यक्रम तय भएपछि महोत्तरीको मटिहानी नगर अहिले सिंगारिएको छ ।

भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकन, नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न जाने भएपछि नगर सिंगारिएको हो ।

नगरवासी उत्साहित भएका छन् भने मटिहानीका मुख्य चोकबजार केन्द्रमा राष्ट्रपतिको पूर्ण कदका तस्वीर टाँगिएको छ । महोत्तरीको मटिहानी त्रेतायुगमा राम–सीताको विवाहमा वेदि निर्माण गर्न माटो खनिएको ठाउँका रूपमा विश्वास गरिन्छ ।

राष्ट्रपतिको महोत्तरी भ्रमण कार्यक्रमले सबै राजनीतिक दलसँग सहकार्य, संवाद र सँगसँगै काममा अघि बढ्ने अवसरका रुपमा लिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।

 


Thali Mobile Pvt.Ltd.