भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा मतगणना अहिले ११ः३० बजेदेखि सुरु हुने भएको छ । शुक्रबार विहान ७ बजेदेखि सुरु भएको मतदान साझ ५ बजे सकिएसंगै बसेको सर्वदलिय बैठकले मतगणना राती ११ः३० बजेदेखि सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत सरीता खतिवडाले कैलाश खबरलाई जानकारी दिनुभएको हो ।
यसपटकको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा सूर्य विनायक नगरपालिकामा ३५ हजार ५ सय २३ मत खशेको छ । जम्मा ४७ हजार २ सय ६५ मतदाता मध्य ३५ हजार ५ सय २३ मतदाताले मतदान गरेका हुन । यस नगरपालिकामा १७ हजार २ सय ७२ पुरुष र १८ हजार २ सय ५१ महिलाले मतदान गरेको निर्वाचन अधिकृत खतिवडाले जानकारी दिनुभयो । त्यसै गरी चाँगुनारायण नगरपालिकाको मतगणना शनिबार विहान ७ बजेबाट सुरु गर्ने सर्वदलिय बैठकले निर्णय गरेको निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले जानकारी दिनुभयो ।
