भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

सेतीका माछा जोगाउन जलचर समूह गठन

सेतीका माछा जोगाउन जलचर समूह गठन

बझाङ । रैथाने माछा जोगाउन विभिन्न ठाउँमा जलचर समूह गठन गरिइएको छ । पानी परियोजनाले लकडाउनका समयमा स्थानीयवासीले जाल, पासा र करेन्ट छाडेर माछा मार्न थालेपछि यसलाई अन्त्य गर्न समूह गठन गरी जलचरलाई संरक्षण गर्ने थालिएको हो । तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिकाका आठवटा वडामा कार्यरत सो परियोजनाले पाँच समूह गठन गरी माछापालन व्यवसायका किसानलाई आकर्षण गरेको हो ।

परियोजनाका कार्यक्रम संयोजक शिवराज जोशीका अनुसार यसरी गठन भएका समूहमा जयपृथ्वी–३ को डुङ्ग्री र सिमलतोला, तलकोट गाउँपालिका र जयपृथ्वी –११ को बीचमा पर्ने सुनिगार्ड, जयपृथ्वी–७ कचाली खोलामा, जयपृथ्वी–५ को कोटेली र जयपृथ्वी–१० को चैनपुर र दमधुर रहेका छन् । उहाँले भन्नुभयो, “कोभिडका कारणले माछा मार्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसले गर्दा रैथाने माछा लोप हुन थालेका छन् ।

यसलाई बचाइराख्न तथा कोभिड प्रभावित विपन्न परिवारका लागि राहत हुने भएकाले परियोजनाले माछापालनमा कृषकलाई आर्थिक सहयोग गरेको छ ।  एक पोखरीमा एक हजार २०० माछाका भुरा, प्रतिपोखरी २० केजीका दरले माछाको चारो, ८६ हजार बराबरको पोखरी, कुखुराको खोर निर्माणका लागि रु २६ हजार बराबरको सामान, रु ५०० का दरले ५० वटा कुखुराका चल्ला, रु दुई हजार बराबरको चारो ख्वाउने भाँडालगायत सामान जलचर संरक्षण समूहलाई सहयोग गरेको छ ।”

बाह्र वर्षदेखि भारतमा रोजगारी गर्दै आउनभएका जयपृथ्वी–७ कचालीखोला घर भएका तथा कचालीखोला जलचर संरक्षण समूहका अध्यक्ष दीपक चदाराले भन्नुभयो, “उपलब्धि केही भएको छैन । भारतमा कोरोनाले रोजगारी गुमेर घर आएको थिएँ । परियोजनाले जलचर संरक्षणको अभियान तथा परियोजनाले गरेका थुपै कार्यक्रममा बस्ने तथा सहभागी हुने मौका पाएको थिए । त्यसपछि परियोजनाले जलचर संरक्षणका लागि माछापालनका लागि परियोजनाले समूह गठन गरिदिएपछि हामीले परियोजनाको आर्थिक सहयोगमा पोखरी बनाएर माछापालन गरेका छौ ।”

उहाँले भन्नुभयो, “पहिलोपटक माछापालन गर्न लागेका छौँ । खै के हुने हो रु संस्थाले माछापालन गर्नका लागि समूह नबनाउनुभन्दा पहिला भारतबाट आएर तरकारी खेती गर्थे, उपलब्धि त केही भएको छैन ।  त्यही पनि संस्थाले माछापालन गर्नका लागि हाम्रो समूहलाई दिएको छ । घरआँगनमै काम गर्न पाउँदा खुशी लागेको छ । परियोजनाले एक हजार २०० माछाका भुराहरु राखेको पोखरीमा १०० भुरा जति मरिसकेका छन् ।”

परियोजनाले माछाका चारोको म्याद दुई महिना मात्र हुने भएकाले आगामी असोज महिनासम्मको चारोको पैसा बुझाइसकेकाले हाल समूहले आफँै गएर ल्याउने गरेको छ । माछापालन गर्नेहरुको प्रशंसा गर्दै जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले कचाली जलचर संरक्षण समूहलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । अघिल्ला वर्षमा पनि केही ठाउँमा परीक्षणका लागि माछापालन गर्न नगरपालिकाले सहयोग गरेको भए पनि परीक्षण सफल नभएको जानकारी दिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.