भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सौन्दर्य प्रतियोगिताका नाममा यौन शोषण, अनुसन्धान सुरु

सौन्दर्य प्रतियोगिताका नाममा यौन शोषण, अनुसन्धान सुरु

काठमाण्डौं । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई यौन शोषण गरेको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । आठ वर्षअघि आयोजकबाट भएको बलात्कार र यौन शोषण घटनाको अहिले प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन समिति गठन गरेको छ । बलात्कार मुद्दामा एक वर्षे हदम्याद रहेका कारण कानुनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ ।

एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफू १६ वर्षको हुँदा एक सौन्दर्य प्रतियोगिताका सञ्चालकले बलात्कार गरेको खुलासा गरेकी थिइन् । तर उजुरीको हदम्यादसम्बन्धी कानुन थाहा पाएपछि उनी थप चिन्तित भएकी छिन् ।

एक वर्षभित्र रिपोर्ट गरेन भने अदालतले फाइल नै नलिने कानुनका कारण आफूले न्याय पाउनेमा आशा हराउँदै गएको भन्दै उनले ‘यो कस्तो नियम हो नेपालको ?’ भन्लै प्रश्न गरेकी छिन् ।

कानुनमा रहेका लैङ्गिक असमानता हटाउन ल्याइएको ऐनले बलात्कार उजुरीको हदम्यादलाई ३५ दिनबाट बढाएर ६ महिना बनाइएको थियो ।त्यस्तै, २०७५ मा कानुन संशोधन गरेर हदम्याद एक वर्ष बनाइएको छ ।

तर पछिल्लो पटक सार्वजनिक भएका यस्ता घटनाले एक वर्षे हदम्याद अपर्याप्त रहेको भन्दै हदम्याद बढाउन सरकार र सदनमाथि दबाब बढ्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.