भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशभरका ६ सय ९५ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते (विवरणसहित)

देशभरका ६ सय ९५ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते (विवरणसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएसंगै हालसम्म लगभग ९२ प्रतिशत पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले हालसम्म कूल ६ सय ९५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको जनाएको हो ।

आयोगले हालसम्म २ सय ४८ नगरपालिका र ४ सय ४७ गाउँपालिकाको नतिजा सार्वजनिक गरेको हो । आयोगको विवरणअनुसार ६ सय ९५ पालिकाहरुमा ३२ हजार १ सय ५२ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

देशभर कूल ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जनप्रतिनिधि जनताले बैशाख ३० गते चुनेका छन् । अव केही स्थानमा मतगणना जारी रहेको छ । हालसम्मको विवरणअनुसार देशैभर नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ । नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो पार्टीका रुपमा देखिएको छ ।

पछिल्लो विवरणअनुसार नेपाली काँग्रेसले देशभरका मतगणना भइसकेका नगरपालिकाको प्रमुख पदमा १ सय २३ सिट हासिल गरेको छ भने गाउँपालिका अध्यक्षमा १ सय ८४ वटामा विजयी भएको छ । गणना भइरहेका स्थान मध्य १४ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् ।

देशभर २०७४ सालमा पहिलो पार्टी बनेको तत्कालीन नेकपाको आन्तरिक कलहले पूर्व नेकपा एमाले विउँतीयपछि हाल नेकपा एमाले दोस्रोे बनेको छ । एमालेले हालसम्म ६७ नगरपालिका र १ सय २१ गाउँपालिकामा विजय हासिल गरेको छ भने जितेको छ । १४ वटा नगरपालिकामा र २ वटा गाउँपालिकामा अगाडि छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि हालसम्मको विवरण अनुसार देशभर २४ नगरपालिका र ९६ वटा गाउँपालिकामा प्रमुख पद जितेको छ । तीन वटा नगरपालिकामा माओवादीको अग्रता छ ।

त्यस्तै नेकपा एमाले फुटेर हालै बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले ९ नगरपालिकाको प्रमुख पदमा विजयी बनेको छ भने २ वटामा अग्रता कायम गरेको छ ।

स्वतन्त्रसहित अरु दलले २५ ठाउँमा नगरप्रमुख पदमा विजय हासिल गरेका छन् । त्यसैगरी देशभर हालसम्म गणना भएका स्थानहरुमा उपप्रमुख पदमा नेपाली काँग्रेसले ९४ स्थानमा, नेकपा एमालेले ९१ स्थानमा, माओवादी केन्द्रले ३२ स्थानमा जितेको छ भने उपाध्यक्षमा क्रमश नेपाली काँग्रेसले १ सय ८७, एमालेले १ सय २२ र ९३ वटामा जितेको छ ।

त्यसैगरी सत्ता गठबन्धनको दल जनता समाजवादी पार्टी नेपाल उपमेयर पदमा ११ स्थानमा विजयी भएको छ । स्वतन्त्रसहित अन्य दलले २० ठाउँमा जिते हासिल गरेका छन् । त्यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीले १८ र स्वतन्त्रसहित अन्यले २७ ठाउँमा जितेका निर्वाचन आयोगको विवरण छ ।

देशभरका पालिका वडाध्यक्ष पदमा नेपाली कांग्रेसले २ हजार ५ सय २६ वटा, नेकपा एमालेले २ हजार ३३ वटा, माओवादी केन्द्रले १ हजार २७ वटा, जनता समाजवादी पार्टीले २ सय ६७ वटा र स्वतन्त्रसहित अन्य ५ सय ५५ वटामा विजय हासिल गरेका छन् ।
निर्वाचन आयोगको विवरण हेर्नुहोस्…

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 


Thali Mobile Pvt.Ltd.