भर्खरै : Sorry, your browser does not support inline SVG.
विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता |

देशभरका ६ सय ९५ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते (विवरणसहित)

देशभरका ६ सय ९५ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते (विवरणसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएसंगै हालसम्म लगभग ९२ प्रतिशत पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले हालसम्म कूल ६ सय ९५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको जनाएको हो ।

आयोगले हालसम्म २ सय ४८ नगरपालिका र ४ सय ४७ गाउँपालिकाको नतिजा सार्वजनिक गरेको हो । आयोगको विवरणअनुसार ६ सय ९५ पालिकाहरुमा ३२ हजार १ सय ५२ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

देशभर कूल ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जनप्रतिनिधि जनताले बैशाख ३० गते चुनेका छन् । अव केही स्थानमा मतगणना जारी रहेको छ । हालसम्मको विवरणअनुसार देशैभर नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ । नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो पार्टीका रुपमा देखिएको छ ।

पछिल्लो विवरणअनुसार नेपाली काँग्रेसले देशभरका मतगणना भइसकेका नगरपालिकाको प्रमुख पदमा १ सय २३ सिट हासिल गरेको छ भने गाउँपालिका अध्यक्षमा १ सय ८४ वटामा विजयी भएको छ । गणना भइरहेका स्थान मध्य १४ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् ।

देशभर २०७४ सालमा पहिलो पार्टी बनेको तत्कालीन नेकपाको आन्तरिक कलहले पूर्व नेकपा एमाले विउँतीयपछि हाल नेकपा एमाले दोस्रोे बनेको छ । एमालेले हालसम्म ६७ नगरपालिका र १ सय २१ गाउँपालिकामा विजय हासिल गरेको छ भने जितेको छ । १४ वटा नगरपालिकामा र २ वटा गाउँपालिकामा अगाडि छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि हालसम्मको विवरण अनुसार देशभर २४ नगरपालिका र ९६ वटा गाउँपालिकामा प्रमुख पद जितेको छ । तीन वटा नगरपालिकामा माओवादीको अग्रता छ ।

त्यस्तै नेकपा एमाले फुटेर हालै बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले ९ नगरपालिकाको प्रमुख पदमा विजयी बनेको छ भने २ वटामा अग्रता कायम गरेको छ ।

स्वतन्त्रसहित अरु दलले २५ ठाउँमा नगरप्रमुख पदमा विजय हासिल गरेका छन् । त्यसैगरी देशभर हालसम्म गणना भएका स्थानहरुमा उपप्रमुख पदमा नेपाली काँग्रेसले ९४ स्थानमा, नेकपा एमालेले ९१ स्थानमा, माओवादी केन्द्रले ३२ स्थानमा जितेको छ भने उपाध्यक्षमा क्रमश नेपाली काँग्रेसले १ सय ८७, एमालेले १ सय २२ र ९३ वटामा जितेको छ ।

त्यसैगरी सत्ता गठबन्धनको दल जनता समाजवादी पार्टी नेपाल उपमेयर पदमा ११ स्थानमा विजयी भएको छ । स्वतन्त्रसहित अन्य दलले २० ठाउँमा जिते हासिल गरेका छन् । त्यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीले १८ र स्वतन्त्रसहित अन्यले २७ ठाउँमा जितेका निर्वाचन आयोगको विवरण छ ।

देशभरका पालिका वडाध्यक्ष पदमा नेपाली कांग्रेसले २ हजार ५ सय २६ वटा, नेकपा एमालेले २ हजार ३३ वटा, माओवादी केन्द्रले १ हजार २७ वटा, जनता समाजवादी पार्टीले २ सय ६७ वटा र स्वतन्त्रसहित अन्य ५ सय ५५ वटामा विजय हासिल गरेका छन् ।
निर्वाचन आयोगको विवरण हेर्नुहोस्…

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 


Thali Mobile Pvt.Ltd.