काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राखेका छन् ।
तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई पछारेकी छन् ।
अहिले स्थापित तेस्रो स्थानमा रहेका छन् । यो समाचार तयार पार्दा सम्म सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।
सिर्जना केशव भन्दा ५०१ मत अन्तरले अगाडि छिन् । स्वतन्त्र उम्मेदवार बालेन साह कांग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अग्रता कायम राखेका छन् ।
