काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आजभएको मतदान पछि उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन हुने भएका छन् । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबैखाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय गरेको हो ।
महाशाखाले आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई सडकमा नै होल्ड गरि खाखिएकोले र ती सवारी साधनहरु साँझ ६ बजेपछि सञ्चालनमा आउँन जानकारी दिएको छ ।
देशभर स्थानीय तह निर्वाचनका लागि यातायात आवागमन बन्द गरिएको थियो । शुक्रबार विहान ७ बजेदेखि स्थानीय तह निर्वाचनको मतदान कार्यसुरु भई ५ बजे सम्पन्न भएको छ ।
