भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

म्याग्दीका सबै पालिकामा मतगणनास्थल तयार

म्याग्दीका सबै पालिकामा मतगणनास्थल तयार

म्याग्दी । जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन् ।चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिनुभयो । सबै मतगणनास्थलको निगरानी र दृष्य भण्डारणका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

बेनी नगरपालिकाको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहलमा हुने भएको छ । सभाहलको माथिल्लो भागमा रहेको मञ्चमा मतगणना गर्ने र दर्शक दीर्घामा दल तथा उम्मेदवार बस्ने ठाउँ बनाइएको छ ।धौलागिरि गाउँपालिकाको मुनास्थित कार्यालयको भवनको चेनगेटभन्दा बाहिर दलका प्रतिनिधि र उम्मेदवार बस्ने तथा भित्रको खाली ठाउँमा मत गणना गर्ने ठाउँ बनाइएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

दरवाङमा मालिका गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा तारजालीले बारेर मतगणना गर्ने ठाउँ बनाएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालय राखिएको कोठाको आधा भागमा मत गन्ने र आधा भागमा उम्मेदवार तथा दलका प्रतिनिधि बस्ने बनाएको छ ।मङ्गला गाउँपालिकाको मतगणना बाबियाचौरको मङ्गला माविको भवनमा हुने भएको छ । मतगणनास्थलमा सिसीटिभी जडान र तारजाली लगाइसकेको निर्वाचत अधिकृत धर्मराज पौडेलले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिकाको मौवाफाँटस्थित कार्यालयको सभाहलमा मतगणनास्थल बनाउन तारजालीले बारेर सिसीटिभी जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर आधारभूत विद्यालयको भवनमा मतगणना गरिने निर्वाचन अधिकृत जानुका सुवेदीले बताउनुभयो । उहाँका अनुसार मतगणनास्थलमा सिसीटिभी क्यामेरा जडान र तारजाली लगाइएको छ ।

मतगणनाको समयमा हुनसक्ने सम्भावित घटनालाई पूर्वअनुमान विगतको चुनावको अनुभवबाट पाठ सिके यसपालि निर्वाचन आयोगले सिसीटिभी जडान गर्ने र तारजाली लगाउने नीति लिएको हो । छ स्थानीय तह र ४५ वडा रहेको जिल्लामा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी कूल ८५ हजार ३७५ मतदाता छन् ।

 


Thali Mobile Pvt.Ltd.