भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन

म्याग्दी । म्याग्दीको लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ । काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल उइन टर्वाइन गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट नयाँ पर्यटकीय स्थल म्याग्दीमानिर्माण गरिएको हो । बेनी नगरपालिका २ खबराको लभ्लीहिल मायालु डाँडोमा म्याग्दी उर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको छ ।

विद्युत सेवा उपलब्ध भएपछि लभ्लीहिल आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । करिब ३ महिनादेखिको निरन्तरको प्रयासपछि स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सफल भएको र ७ वटा बल्ब बाल्न सक्ने क्षमता भएपनि अहिले ४ वटा बल्ब मात्र बाल्न सकिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.