स्थायी कमिटी बैठकमा प्रचण्ड भने, ‘ राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुनै पर्छ’

स्थायी कमिटी बैठकमा प्रचण्ड भने, ‘ राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुनै पर्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताएका छन् ।

स्थायी कमिटी बैठकमा उनले संसद्मा दुई दलबाहेक सबैले विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिका साथ अघि बढ्नपर्ने जिम्मेवारी आएको ब्रिफिङ गरे ।

एमालेलाई राष्ट्रपति र सभामुख दिने यसअघि सहमति गरेको माओवादीले कांग्रेससहित अन्य दलले पनि विश्वासको मत दिएपछि फागुनमा हुने राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्ने बताएको हो ।

यसै विषयले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालबीच मनमुटाव हुन थालेको संकेत देखापरेको छ ।

अध्यक्ष प्रचण्डले बैठकमा अनौपचारिक छलफल गरेको एक नेताले बताए ।

नयाँ परिस्थिति जन्माएको भन्दै नयाँ परिस्थितिमा सबै शक्तिलाई कसरी मिलाएर लैजाने भन्नेबारे प्रचण्ड चिन्तित भएको प्रचण्डले डाकेको सर्वदलीय बैठकमा पनि राष्ट्रिय सहमतिकै लागि कुरा अघि बढाएको ती नेताको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.