भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

स्वयम्सेविकालाई आर्युवेद स्वास्थ्यसम्बन्धी अभिमुखीकरण

स्वयम्सेविकालाई आर्युवेद स्वास्थ्यसम्बन्धी अभिमुखीकरण

काठमाडौं । भक्तपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई आर्युवेद स्वास्थ्यसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा भएको सो कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले आर्युवेद चिकित्सा पद्धति लिच्छविकालदेखि सुरु भएको बताए ।

यो पद्धति नेपालको मौलिक चिकित्सा पद्धति भएको भन्दै नगरपालिकाले वडास्तरीय नागरिक आरोग्य केन्द्र सञ्चालन गरी निःशुल्क रुपमा नागरिकहरुलाई आर्युवेदिक औषधिहरु वितरण गर्दै आइरहेको जानकारी दिए । आर्युवेद स्वास्थ्यलाई राज्यले आफ्नो प्राथमिकतामा नराखेको गुनासो भक्तपुर नगरपालिकाको छ ।

राज्यबाट सिंहदरबारको वैद्यखाना र नरदेवी अस्पताल संरक्षणको अभावमा बन्द हुने स्थितिमा रहेको प्रष्ट पार्दै प्रजापतिले वैद्यखानाहरुको संरक्षण गरी टोलटोलमै आर्युवेद केन्द्रहरु स्थापना गर्नुपर्ने बताए ।

भारतका व्यापारिक व्यक्ति रामदेव हुन भन्दै नगर प्रमुख प्रजापतिले नेपालका जडिबुटीमा विदेशको नियन्त्रण कायम गर्न अहिले रामदेव जस्ता व्यक्तिहरु प्रयोग भइरहेको र तीनिहरुले अनेक चलखेल गरिरहेको जिकिर गरे । त्यस्ता व्यक्तिबाट नेपालले समयमै पाठ सिक्नु पर्ने धारणा राखे ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले आर्युवेद स्वास्थ्य उपचारबारे समुदायस्तरबाटै जनचेतना जगाउन आवश्यक भएको बताए । स्वास्थ्यस्वयम्सेविकाहरुले यसको महत्वबारे जनतालाई जानकार गराउनुपर्ने आवश्यकता रहेको तर्क गरे ।

कार्यक्रममा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद गिरीले सरकारले आर्युवेदिक चिकित्सा पद्धतिलाई वैकल्पिक उपचार विधिको रुपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।

भक्तपुर नपाले मौलिक आर्युवेद चिकित्सालाई प्राथमिकतामा राखी आरोग्य केन्द्र सञ्चालनबाट आफूहरुलाई हौसला प्रदान भएको धारणा राखे । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरका व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्दै नेपालको मौलिक स्वास्थ्य विधिलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.