भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

स्वर्णकारको हत्यामा सार्पसुटर संलग्न, प्रहरीले पाँच जना समात्याे

स्वर्णकारको हत्यामा सार्पसुटर संलग्न, प्रहरीले पाँच जना समात्याे

बारा । बोर्डिङ स्कुलका संचालक रुपेश स्वर्णकारको हत्यामा सार्पसुटर संलग्न भएको प्रहरीले जनाएकाे छ ।

हत्यामा सम्लग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको छ ।

प्रेम सम्बन्ध, रिसिवी र झैझगडाका कारण हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक शुरेश काफ्लेले बताए ।

मुख्य योजनाकार र सूचना अदानप्रदान गर्ने कलैया उपमहानगरपालिका वडा नम्बर मर्दशा टोल निवासी बर्ष २२ कि राधा गुप्ता, सहयोगीहरु

बर्ष ३४ का जामिल अख्तर, वडा नम्बर ९ रामपुर बस्ने बर्ष २६ को रिजाल अंसारीलाई सार्वजनिक गरेकाे छ ।

पक्राउ पर्नेमा सुटर ग्याङ्गका सदस्य भारत मोतिहारी निवासी २३ बर्षका चन्दन कुमार र मोतिहारी घोडासहान निवासी बर्ष २३ को अभिनव कुमार राजपुत रहेका छन् ।

घटनास्थलबाट प्रहरीले चार थान गोलीको खोका बरामद गरेकाे छ । गोली प्रहार गर्ने ब्यक्तिहरुको पहिचान भईसकेको छ ।

यसअघि पनि बिभिन्न हत्याका घटनामा प्रयोग भएका हतियार र एउटै सार्पसुटर मोतिहारी सुकलहिया निवासी २५ बर्षिय सुजित कुमार सिंह र सोही ठाँउ निवासी चन्चल पाण्डेय, मनिष कुमार सहनी र कामेश्वर सहनी रहेको प्रहरी उपरिक्षक काफलेले बताए ।

मुख्य योजनाकार राधा गुप्ता र भारत निवासी विवाहित मनोज गुप्ताबिच प्रेम समबन्ध रहेको र मृतकसंग तिब्र विवाद र झैझगडाका कारण घटना हुन पुगेको प्रहरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.