भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वर्णकारको हत्यामा सार्पसुटर संलग्न, प्रहरीले पाँच जना समात्याे

स्वर्णकारको हत्यामा सार्पसुटर संलग्न, प्रहरीले पाँच जना समात्याे

बारा । बोर्डिङ स्कुलका संचालक रुपेश स्वर्णकारको हत्यामा सार्पसुटर संलग्न भएको प्रहरीले जनाएकाे छ ।

हत्यामा सम्लग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको छ ।

प्रेम सम्बन्ध, रिसिवी र झैझगडाका कारण हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक शुरेश काफ्लेले बताए ।

मुख्य योजनाकार र सूचना अदानप्रदान गर्ने कलैया उपमहानगरपालिका वडा नम्बर मर्दशा टोल निवासी बर्ष २२ कि राधा गुप्ता, सहयोगीहरु

बर्ष ३४ का जामिल अख्तर, वडा नम्बर ९ रामपुर बस्ने बर्ष २६ को रिजाल अंसारीलाई सार्वजनिक गरेकाे छ ।

पक्राउ पर्नेमा सुटर ग्याङ्गका सदस्य भारत मोतिहारी निवासी २३ बर्षका चन्दन कुमार र मोतिहारी घोडासहान निवासी बर्ष २३ को अभिनव कुमार राजपुत रहेका छन् ।

घटनास्थलबाट प्रहरीले चार थान गोलीको खोका बरामद गरेकाे छ । गोली प्रहार गर्ने ब्यक्तिहरुको पहिचान भईसकेको छ ।

यसअघि पनि बिभिन्न हत्याका घटनामा प्रयोग भएका हतियार र एउटै सार्पसुटर मोतिहारी सुकलहिया निवासी २५ बर्षिय सुजित कुमार सिंह र सोही ठाँउ निवासी चन्चल पाण्डेय, मनिष कुमार सहनी र कामेश्वर सहनी रहेको प्रहरी उपरिक्षक काफलेले बताए ।

मुख्य योजनाकार राधा गुप्ता र भारत निवासी विवाहित मनोज गुप्ताबिच प्रेम समबन्ध रहेको र मृतकसंग तिब्र विवाद र झैझगडाका कारण घटना हुन पुगेको प्रहरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.