भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह, ‘बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर’

स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह, ‘बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर’

काठमाडौँ । सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा काम गरिरहेका चिकित्सक तथा कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ । विज्ञप्ति निकालेर त्यसरी काम गर्नु कानूनको प्रतिकुल रहेको भन्दै यसबाट पर्ने असरप्रति स्वयं जिम्मेवार हुन स्पष्ट गरेको छ ।

‘मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरू बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरू तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरूमा पूर्णकालिन रूपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’,

स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसरी काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने हुँदा यस सम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानून सम्मत क्रियाकलाप गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

 


Thali Mobile Pvt.Ltd.