भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

स्वास्थ्यचौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण

स्वास्थ्यचौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण

कञ्चनपुर । लालझाडी गाउँपालिकाको देखभुली स्वास्थ्यचौकीलाई आज उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ ।केयर नेपाल र निड्स कञ्चनपुरका प्रतिनिधिले गाउँपालिका प्रमुख मदनसेन वडायकलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गाउँपालिका प्रमुख वडायकले उच्च क्षमताको रेफ्रिजेरेटर उपलब्ध भएपछि खोप भण्डारणका लागि सहज हुने भएको बताउनुभयो । दुई सय ६० लिटर क्षमताको रेफ्रिजेरेटरको मूल्य रु चार लाख ९७ हजार रहेको छ ।स्वास्थ्यचौकीका अधिकृत लीलाकान्त झाका अनुसार यस्तो प्रकारको डब्लुएचओको मान्यता प्राप्त रेफ्रिजेरेटर एउटा स्वास्थ्य कार्यालय कञ्चनपुर र अर्को देखभुली स्वास्थ्यचौकीमा मात्रै रहेको छ ।

८६ हजार भेडाबाख्रालाई पिपिआर

कञ्चनपुमा । ८६ हजार घरपालुवा जनावर भेडा र बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । महामारीजन्य रोग पिपिआरबाट जोगाउनका लागि जिल्लाका नौवटै स्थानीय तहका बासिन्दाका घरपालुवा जनावर बाख्रा र भेडालाई पिपिआर महामारी रोगविरुद्धमा खोप लगाइएको हो ।भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शङ्करदत्त जोशीका अनुसार चालु आवको दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोगविरुद्ध सो खोप लगाइएको हो ।

सूचना अधिकारी जोशीले भेडा र बाख्राबाट मासुजन्य पदार्थ मानिसले उपभोग गर्ने भएकाले खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने बताउनुभयो । “चालु आवमा ९० हजार भेडाबाख्रलाई पिपिआर खोप लगाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “दोस्रो चौमासिकमै ८६ हजारलाई खोप लगाइसकेका छौँ । अभियान निरन्तर जारी रहन्छ ।” एकपटक खोप लगाइसकेपछि तीन वर्षका लागि ढुक्क हुने उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.