भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हराएका बालबालिकाको भारतबाट उद्धार

हराएका बालबालिकाको भारतबाट उद्धार

राँझा । बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका–४ निवासी ११ वर्षीय रोशन बादी, उनका भाइ सात वर्षीय विशाल र पाँच वर्षीया पूजा बादीलाई उद्धार गरी रुपन्देही हुँदै कोहलपुर ल्याइएको छ ।

बरेलीस्थित नारी निकेतन अनाथाश्रममा रहेका उनीहरुलाई रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरेर ल्याइएको र आजै परिवारको जिम्मा लगाइने वडाध्यक्ष तीर्थराम थारुले जानकारी दिए । उनीहरुसँगै बैतडी र दाङका एकएक बालक पनि सोही बालगृहमा भेटिएको बताइएको छ । हराएका तीन बालबालिका नेपालगञ्जस्थित जमुनाह नाका हुँदै रुपैडिया हुँदै भारतीय ट्रकमा बरेली पुगेका थिए ।

बरेली पुग्नुभन्दा दुईतीन किलोमिटर वरै ट्रकले झारिदिएकाले अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर मञ्चको जिम्मा लगाएको थियो ।साथीहरुको लहलहैमा घर छाडेर जोखिमपूर्ण यात्रा गर्दै भारत पुगेका बालबालिका त्यहाँका विभिन्न शहरमा अलपत्र पर्ने गरेको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले बताए ।

 


Thali Mobile Pvt.Ltd.