भर्खरै : Sorry, your browser does not support inline SVG.

हरियो तरकारी बजारको ओलीले गरे उद्घाटन, प्रचण्ड माधवले एक सिट नजित्ने प्रसाईको दाबी

हरियो तरकारी बजारको ओलीले गरे उद्घाटन, प्रचण्ड माधवले एक सिट नजित्ने प्रसाईको दाबी

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दुई अर्व लगानी गरेको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गरेका हुन् । एमालेका केन्द्रीय सदस्य प्रसाईले हरित कृषि थोक बजार सञ्चालनमा ल्याएका हुन् ।

उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गरेर भव्य स्वागत गरेको थियो । ३५ रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बजारभित्र साढे सात सय स्टल रहेका छन् ।

प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला बजार खुल्ला रहने प्रसाईले बताए । यसैबीच प्रसाईले प्रचण्ड र माधवले स्थानीय तहको चुनावमा एक सिट पनि नजित्ने दावी गरेका छन् ।

आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक हरियो तरकारी बजारको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । नेपालको कम्युनिष्टको नाममा बेइमानी र कुठाराघात गर्ने काम मात्र यी दुईले गर्दै आएको प्रसाईको दाबी छ ।
भिडियो…

 


Thali Mobile Pvt.Ltd.