अफगानिस्तान । हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डर समेत रहेको जनाइएको छ ।
घटनाका बारेमा थप विवरण संकलन हुदै गरेको पनि अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालय श्रोतले सोमबार जानकारी दिएको छ । श्रोतका अनुसार १७५ जनाको मृत्यु भएको हो भने अरु २६ जना घाइते भएका छन् ।

