भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै | मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने |

१० दिन निषेधाज्ञा थप्ने तयारी

१० दिन निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको निषेधाज्ञा थप्नेबारेको छलफलले अहिलेको निषेधाज्ञालाई केही खुकुलो बनाएर १० दिन थप्ने निष्कर्ष निकालेको हो। निषेधाज्ञा थप्ने आदेश भोलि (बुधबार) मात्रै जारी हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

भोलि १० बजेतिर आदेश जारी हुने भन्दै प्रजिअ पराजुलीले तीन वटै सिडिओबीच छलफल भएको बताए । २१ गतेदेखि खाद्यान्न पसल बिहान खोल्न दिने, विकास निर्माणको काम पनि सुचारू गर्ने तयारी भएको उनको भनाइछ।

 


Thali Mobile Pvt.Ltd.