भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

१२ देखि १७ वर्षका बालबालिकालाई आजदेखि कोरोना खोप

१२ देखि १७ वर्षका बालबालिकालाई आजदेखि कोरोना खोप

काठमाडौं । सरकारले आजदेखि १२ देखि १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

सातै प्रदेशका ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १४ पसिसम्म मोडर्ना खोपको पहिलो मात्रा लगाउन लागेको हो । यसअघि फाइजर खोप दिन सुरु नगरिएका जिल्लाहरुमा मोडेर्ना खोप लगाउने निर्णय भएको हो ।

फाइजर खोप दिन थालिएका जिल्लाहरुमा भने पुस १३ देखि २२ गतेसम्म यो अभियानलाई ब्यापक बनाईनेछ । फाइजर खोप लगाइने जिल्लाहरुमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा, सुर्खेत र कैलाली रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.