भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

१२ देखि १७ वर्षका बालबालिकालाई आजदेखि कोरोना खोप

१२ देखि १७ वर्षका बालबालिकालाई आजदेखि कोरोना खोप

काठमाडौं । सरकारले आजदेखि १२ देखि १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

सातै प्रदेशका ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १४ पसिसम्म मोडर्ना खोपको पहिलो मात्रा लगाउन लागेको हो । यसअघि फाइजर खोप दिन सुरु नगरिएका जिल्लाहरुमा मोडेर्ना खोप लगाउने निर्णय भएको हो ।

फाइजर खोप दिन थालिएका जिल्लाहरुमा भने पुस १३ देखि २२ गतेसम्म यो अभियानलाई ब्यापक बनाईनेछ । फाइजर खोप लगाइने जिल्लाहरुमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा, सुर्खेत र कैलाली रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.