भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१६ वर्षीया किशोरी प्रधानमन्त्री !

१६ वर्षीया किशोरी प्रधानमन्त्री !

काठमाडौं । फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री बनेकी छन् । ति भाग्यमानी किशोरी हुन आभा मुर्तो । प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन् । प्रधानमन्त्रीको पद हस्तान्तरण गरेपछि संसारले हेरेको छ ।

कि अब उनले कस्तो काम गर्ने छिन ? तर १६ बर्षिया आभा मुर्तोलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार नभएपनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको छ । संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो । एक दिनको प्रधानमन्त्री हुँदा आफूले गौरवको अनुभुति गरेको बताएकी छन्।

बैठकपछि पत्रकारका प्रश्नको जवाफ पनि शानदारढंगले दिएकी छिन्। आभा फिनल्यान्डमा जलवायु परिवर्तन र मानवअधिकारका विषयमा सक्रिय अभियन्ता हुन् । उनले एक दिन प्रधानमन्त्री हुँदा बुधधार मन्त्री तथा सांसदहरुसँग विकास र वैदेशिक व्यापारका विषयमा समेत छलफल चलाएकी थिइन्। हाल प्रधानमन्त्री रहेकी मरिन फिनल्याण्डको तेस्रो महिला र सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। महिलाहरुको बहुमत रहेको मन्त्रिपरिषदमा अन्यमन्त्री पनि कम उमेरका नै रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.