१ नं डाइभर्सन गेटबाट मेलम्चीको पानी काठमाडौंतर्फ छाडियो

१ नं डाइभर्सन गेटबाट मेलम्चीको पानी काठमाडौंतर्फ छाडियो

मेलम्ची । मेलम्ची नदीको पानी सुरुङबाट काठमाडौंतर्फ छाडिएको छ । मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेसंगै पानी काठमाडौं तर्फ छाडिएको हो ।

असारमा गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । चैत मसान्तभित्र पानी काठमाडौँ पुर्‍याउने घोषणा गरेपनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने छ ।

बाढी आउनुपूर्व गत वैशाखमा मेलम्चीको १७ करोड लिटर पानी राजधानीमा वितरण गरिएको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी छोडिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.