भर्खरै : Sorry, your browser does not support inline SVG.

२१०औँ भानु जयन्तीः सरकारले भानुभक्तको घरको चिनेन

२१०औँ भानु जयन्तीः सरकारले भानुभक्तको घरको चिनेन

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ यो एतिहासिक भग्नावशेषलाई सरकारले चिन्न समेत सकेको छैन । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्र काँडाघारी बनेको छ ।

मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य)

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको यो अर्थपूर्ण भनाइ अहिले नेपाली समाजमा ताजै छ । उनको जन्मथलो चुँदीरम्घामा घर निर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने शङ्कर रानाभाटले बताए ।

पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरु हुनसकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.