भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

२३२ जना यात्रु लिएर नयाँदिल्लीबाट क्यालिफोर्निया उडेको विमानको इन्जिन आकाशमा बिग्रियो

२३२ जना यात्रु लिएर नयाँदिल्लीबाट क्यालिफोर्निया उडेको विमानको इन्जिन आकाशमा बिग्रियो

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका लागि उडेको विमानको इन्जिन आकाशमा बिग्रिएको छ । चालक दलका १६ सदस्य र दुई सय १६ जना यात्री बोकेर उडेको एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या भएपछि रुसतर्फ पथान्तरण भएको हो ।

निर्धारित समयमा इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार सानफ्रान्सिस्कोतर्फ उडेको विमानको एउटा इन्जिनमा प्राविधिक खराबी उत्पन्न भएपछि रुसको मगदान विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।

एयर इन्डियाले एक विज्ञप्ति निकालेर मगदानमा सबै यात्रुलाई हरसम्भव सबै सहयोग उपलब्ध गराइएको र चाँडोभन्दा चाँडो उनीहरूलाई गन्तव्यमा पुग्न वैकल्पिक विकल्प उपलब्ध गराइने जनाएको छ ।

विमानको प्राविधिक परीक्षण भइरहेको छ । यात्रुहरूलाई पर्न गएको असुविधाप्रति खेद व्यक्त गर्दै यसअघि अप्रिलमा खराब मौसम र आकाशमा विमानहरूको भीडभाडका कारण चेन्नईबाट सिङ्गापुरतर्फ प्रस्थान गरेको एयर इन्डियाको विमानलाई पथान्तरण गरेर मलेसियामा अवतरण गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.