भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

कोरोनासंग लडेकी युवतीलाइ अस्पतालले डिस्चार्ज गर्दा यसाे भनिन्…(भिडियाे सहित)

कोरोनासंग लडेकी युवतीलाइ अस्पतालले डिस्चार्ज गर्दा यसाे भनिन्…(भिडियाे सहित)

बैशाख ६,२०७७ शनिबार/ काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण देखिएकी काठमाडौँकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ उपचारपश्चात् आज फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत श्रेष्ठ पूर्ण रुपमा स्वस्थ्य भएर घर फर्किएकी हुन् ।

उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर आज घर फर्काइएको हो । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी श्रेष्ठलाई चैत १० गते सङ्क्रमण देखिएपछि अस्पताल भर्न गरी आइसोलेशनमा उपचार हुँदै आएको थियो । अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले आफ्नो अस्पताल बसाई र कोरोना रोगलागेपछिको अवस्थाका बारेमा सञ्चारकर्मीलाई जानकारी गराएकी थिइन् ।

आइसोलेशनबाट बाहिर निस्किदा प्रसिद्धि श्रेष्ठले भनिन्

चैतको ४ गते दोहा हुँदै फ्रान्सबाट काठमाडौं घर आइपुगेको थिएँ । टेष्ट गर्दा मलाई लक्षणहरु धेरै देखिएको थिएन । खासमा म टेष्ट गर्न आउनुको कारण चाँही म यहा घर आइसकेपछि सेल्फ आइसोलेसनमा थिएँ । म घर आइसकेपछि मेरो भियतनामी क्लासमेटले मलाई उसको कोभिड १९ को परीक्षण गर्दा पोजेटिभ देखिएको भनेको भएर म पनि एकपक टेष्ट गर्छु भनेर त्यहि दिन टेकु आइपुगेको थिएँ ।

उनले के भनिन् ? पुरा थाहा पाउन पुरा भिडियाे हेर्नुहाेस ।

त्यतिबेला मेरो लक्षणहरु थिएन । दुईदिन पछि रिपोर्ट आउँदा म पनि कोभिड पोजेटिभ रहेछु । र म पनि नेपालको दोस्रो कोभिड १९ को पोजेभि केस भए । म अस्पतालमा २७ दिन बसे । मेरो रिपोर्ट आउने वित्तिकै यहाँका डाक्टरले मेरो घरमै एम्बुलेन्स पुर्‍याउनु भयो । मलाई डा अनुप लगायत डाक्टरलेहरुले शुरु देखि नै तिमी निको हुन्छौं चिन्ता नगर भन्नुभएको थियो ।

त्यहि दिनदेखि नै हरेक दिन डाक्टर, नर्सहरुले प्रोफेसनल्लि र पर्सनल्ली पनि केयर गर्नुभएको थियो । म एक दमै स्याटिस्फाइ थिएँ । मलाई यहाँ केही कमी महसुस भएन । मलाई एकदिन कफ भएर डाक्टर अनुपलाई भन्दा उहाँहरुल ५ घण्टामै मेरो छातीको एक्सरे गर्नुभएको थियो । त्यहि भएर मलाई उपचारमा कुनै कमि महशुस भएन । म टेकु आएको एक दुई दिनपछि लक्षण देखिन थाल्यो ।

जस्तै स्वास्स फेर्न अफ्ट्यारो, खोकी लाग्ने, थकाइ एकदम लाग्ने, पेटमा दुखाइ थियो । म घरमै सेल्फ आइसोलेसनमा बसेको थिएँ। जहाजमा पनि एक्लै बसेको थिएँ, पूर्वसावधानीले गर्दा परिवारका सदस्यमा कोरोना सर्न पाएन । अरूलाई फैलन पाएन । सरकारले धेरै प्रयासहरू, काम गरिरहेको छ ।

सकेसम्म मानिसहरूलाई आइसोलेसनमा राख्न सहयोग गरिदिनुहोला धेरै मानिस आइसोलेसनमा बस्न पाएका छैनन् ।सेल्फ आइसोलेसन महत्वपूर्ण कुरा हो । तपाईं बाहिरबाट आउनुभएइको छ भने परीक्षण पनि गराउनुस्, सरकारले त्यो सुविधा पनि दिएकै छ । अनावश्यक हिँडडुल नगर्नू, परीक्षण गर्नू, सेल्फ आइसोलेसनमा बस्नू मास्क, ग्लोव्स् र चस्मा लगाउनुस् ।