भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

३०१ सदस्यीय केन्द्रीय कमिटी चैन, एकीकृत समाजवादीको नेताको जिम्मेवारी बाँडफाँट

३०१ सदस्यीय केन्द्रीय कमिटी चैन, एकीकृत समाजवादीको नेताको जिम्मेवारी बाँडफाँट

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । ५ असोजदेखि ७ असोजसम्म बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सात जनालाई उपाध्यक्षमा चयन गर्ने निर्णय गरेसंगै अन्य नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल, मर्यादाक्रममा तेस्रो नेतामा मकुन्द न्यौपानेलाई राखिएको छ । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राईलाई जिम्मेवारी दिएको छ ।

बैठकले महासचिवमा डा. बेदुराम भुषाल, उपमहासचिव त्रयमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. बिजय पौडेल रहेका छन् । सचिवमा नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन भएका छन् ।

बैठकले ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटव्युरो कमिटी गठन गर्ने निर्णय गरेको प्रवक्ता एवं नवनियुक्त सचिव जगन्नाथ खतिवडाले बताए । केन्द्रीय कमिटीको ३०१ सदस्यीय पुर्याइएको छ । बैठकले पार्टीको तात्कालिक कार्ययोजना–२०७८ पारित गरेको छ । प्रवक्ता खतिवडाका अनुसार नेपाली कम्युनिष्ट आन्दोलनमा हावी भएको दक्षिणपन्थी अवसरवाद र विसर्जनवादी प्रवृत्तिको भण्डाफोर गर्ने, पार्टीका नीति, सिद्धान्त र कार्यक्रमहरुको प्रचार प्रसार गर्ने कार्ययोजना रहेको छ ।

बैठकले केन्द्रीय परिषद्मा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुनेगरी जम्मा ७०१ सदस्यीय हुने निर्णय गरेको छ । अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने निर्णय बैठकले गरेको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [183.57 KB]

 


Thali Mobile Pvt.Ltd.