भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

३५ नेपाली कामदार अलपत्र

३५ नेपाली कामदार अलपत्र

साउदी अरब । साउदीमा ३५ नेपाली ७६ दिनदेखि अलपत्र परेका छन्। यहाँ आएपछि पुनः सम्झौता गर्न लगाउँदा अस्वीकार गरेपछि कम्पनी र मेनपावर दुवैले बेवास्ता गरेको पीडित बताउँछन्।

‘नेपालमा सम्झौता १,ं३०० गरे पनि साउदी पुगेपछि पुनः कम्पनीले प्रतिमहिना ८०० दिने गर्दछ। उनीहरू इफादा कम्पनीमा क्लिनर काम गर्न काठमाडौंमा रहेको टार्गेट एचआर मेनपावरबाट गत जुन २० मा साउदी आएका थिए।

‘हामीलाई फिल्मी शैलीमा साउदीमा अलपत्र पारिएका छ। २० जुनमा एयपोर्टमा उत्रिएका हामीलाई सम्बन्धित कम्पनीले १६ घण्टापछि लिन आयो। एउटा रुममा १४ जना भन्दा बढीका दरले बस्ने व्यवस्था मिलायो ।

त्यसपछि मेडिकल गराएर सम्बन्धित कम्पनी र मेनपावर बेखबर भए । केही दिनपछि पुनः तिमीहरूको इन्टरभ्यु छ भनी तयार रहन जानकारी दिँदै कम्पनीको फोरमेन बताउने एक इन्डियनले सामूहिक तस्बिर फोटो खिचेर गयो। त्यसपछि कुनै जानकारी नदिएकोपिडीत बताउँछन्।

सम्बन्धित कम्पनीले सुरुमा २०० रियल र बस्न दिएको तर अन्य सेवा सुविधा समेत नदिएकाले अहिले बिचल्ली अवस्थामा रहेका छन। उनीहरूले प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाखसम्म बुझाएका थिए।

मेनपावरमा कार्यरत दीपक बस्नेतलाई १÷१ लाख बुझाएको र अन्य एजेन्टलाई ५० हजार भन्दा माथि बुझाएको पीडितहरूको भनाइ छ। मेनपावरले ‘सिधा कम्पनी भिजा हो र नेपालमा गरेको सम्झौता अनुसार सबै सुविधा प्राप्त हुनेछ भनेर पठाएको उनीहरू सुनाउछन्।

अलपत्र परेका नेपालीले रियादस्थित नेपाली राजदूतावासलाई जानकारी दिइएका छन। दूतावासले सम्बन्धित मेनपावर र कम्पनीसँग छलफल गरी कामदारलाई सम्झौता अनुसार काम र सेवासुविधा दिन भनेको छ।

सम्झौताअनुसार कामदारलाई काम र सेवासुविधा दिन नसके तत्काल स्वदेश फिर्ता पठाउने अल्टिमेटमसमेत राजदुतावासले दिएको छ। अलपत्र नेपालीलाई सुजन घिमिरेले जन्मोत्सवको अवसरमा खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन्।

अन्य सहयोगीमा अन्तर संस्था समय समिति रियादका सपरिवार तथा नेपाली होटल लालीगुराँस छन्। रोजगारीका लागि साउदी आउने कामदारको संख्या बढ्दो छ।

तर, सम्बन्धित कम्पनीले सम्झौता अनुसार सेवासुविधा नदिँदा र मेनपावरले कम्पनीका बारेमा आधिकारिक कामको ढाँचा नबुझ्दा उनीहरू विभिन्न समस्यामा परिरहेका छन्।

समयमा तलब पाउँदैनन्। अकामा कार्ड, इन्स्योरेन्स कार्ड तथा अन्य सेवा सुबिधासमेत पाउँदैनन्। जुन कारण कामदारहरू कम्पनी छोडेर भाग्ने गर्दछन।

 


Thali Mobile Pvt.Ltd.