भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निहारिका बलात्कार प्रकरणः डिएनए परीक्षण गर्न आरोपित उच्च अदालतमा हाजिर

निहारिका बलात्कार प्रकरणः डिएनए परीक्षण गर्न आरोपित उच्च अदालतमा हाजिर

धनुषा, । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् । उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो ।

निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण गराउने आदेश दिएको थियो । निहारिकाले श्रेष्ठले आफूमाथि जबर्जस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएकी छिन् भने आरोपित श्रेष्ठले आफूहरूबीच माया–प्रेम रहेको र सोही समयमा सहमतिमै यौन सम्बन्ध भएको बताएका छन् । धनुषा जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा श्रेष्ठलाई सफाइ दिइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.