भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

३८ दिनपछि नेपाली काँग्रेसको होस खुल्यो, प्रधानमन्त्रीको राजीनामा माग

३८ दिनपछि नेपाली काँग्रेसको होस खुल्यो, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । सत्ताका लागि केही समय मौन बसेको नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गनठन गर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापना भएको ३८ दिनपछि प्रधानमन्त्रीको राजीनामा माग्ने शुक्रबार निर्णय गरेको हो ।

काँग्रेसकै नेतृत्वमा वैकल्पिक सरकार निमार्णको पहल गर्ने पहिलो पटक काँग्रेसले औपाचारी निर्णय गरेको हो । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने नेपाली काँग्रेसको निष्कर्ष छ ।

पार्टीले ठोस निर्णय नलिएकै कारण ओलीमा सर्वसत्तावाद र स्वेच्छाचारिता बढेको भन्दै सत्ता समीकरणका विषयमा निर्णय गर्न नेतृत्वलाई बाध्य पारिएको नेपाली काँग्रेका नेताहरुको भनाई छ । काँग्रेस पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि सर्वसम्मतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.