भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

५० प्रतिशत कटाउन नसकेपछि काँग्रेसमा दोस्रो चरणकाे मतदान हुने निश्चित

५० प्रतिशत कटाउन नसकेपछि काँग्रेसमा दोस्रो चरणकाे मतदान हुने निश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनमा दोस्रो चरणको मतदान हुने निश्चित भएको छ ।

केहिबेरअघि सार्वजनिक भएको मतपरिणाम अनुसार सभापति पदका पाँच जना उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा हुने भनएको हो । पहिलो चरणमै विजयी हुन २ हजार ३४० मत पाउनुपर्छ ।

तर अब २ सय मत गन्न बाँकी रहँदा शेरबहादुर देउवाले करिब २ हजार र शेखर कोइरालाले १६०० मत प्राप्त गरेका छन् ।

बाँकी सबै मत देउवाले ल्याए पनि जितका लागि नपुग्ने निर्वाचन प्रचारप्रसार समिति मिडिया सेन्टर संयोजक डा. सुरेस आचार्यले नयाँ विकल्पलाई जानकारी दिए ।

अहिले केहिबेरमा अन्तिम परिणाम सार्वजनिक हुने र मतदानको प्रक्रिया अघि बढाउने आचार्यले बताए ।

 


Thali Mobile Pvt.Ltd.