भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

५० प्रतिशत कटाउन नसकेपछि काँग्रेसमा दोस्रो चरणकाे मतदान हुने निश्चित

५० प्रतिशत कटाउन नसकेपछि काँग्रेसमा दोस्रो चरणकाे मतदान हुने निश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनमा दोस्रो चरणको मतदान हुने निश्चित भएको छ ।

केहिबेरअघि सार्वजनिक भएको मतपरिणाम अनुसार सभापति पदका पाँच जना उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा हुने भनएको हो । पहिलो चरणमै विजयी हुन २ हजार ३४० मत पाउनुपर्छ ।

तर अब २ सय मत गन्न बाँकी रहँदा शेरबहादुर देउवाले करिब २ हजार र शेखर कोइरालाले १६०० मत प्राप्त गरेका छन् ।

बाँकी सबै मत देउवाले ल्याए पनि जितका लागि नपुग्ने निर्वाचन प्रचारप्रसार समिति मिडिया सेन्टर संयोजक डा. सुरेस आचार्यले नयाँ विकल्पलाई जानकारी दिए ।

अहिले केहिबेरमा अन्तिम परिणाम सार्वजनिक हुने र मतदानको प्रक्रिया अघि बढाउने आचार्यले बताए ।

 


Thali Mobile Pvt.Ltd.