भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

५६ जनाको भियतनामा आगलागीका कारण मृत्यु

५६ जनाको भियतनामा आगलागीका कारण मृत्यु

हनोई । एक आवासीय भवनमा आगलागी हुँदा भियतनामको राजधानी हनोईमा ५६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार मङ्गलबार मध्यरातअघि १० तले भवनको पार्किङ फ्लोरमा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भियतनामको २० वर्षयताकै सबैभन्दा घातक आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण सम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा अपार्टमेन्टका मालिकलाई पक्राउ गरिएको हनोई प्रहरीले जनाएको छ ।

हनोई प्रहरीविभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।” मृत्यु हुनेमा कम्तीमा तीन जना बालबालिका रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.