भर्खरै : Sorry, your browser does not support inline SVG.
इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन | राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा | आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा | कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा |

६० जिल्लामा निषेधाज्ञा

६० जिल्लामा निषेधाज्ञा

काठमाडौँ । कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको संक्रमण दर तीब्र भएपछि ४७ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृहमन्त्रालयले जानकारी दिएको हो ।

अहिलेसम्म ६० जिल्लामा निषेधाज्ञा जारी भएकामध्ये १३ जिल्लामा आंशिक, बाँकी ४७ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए।

गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.