भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

६६औं प्रहरी दिवस भव्यताकासाथ सम्पन्न

६६औं प्रहरी दिवस भव्यताकासाथ सम्पन्न

काठमाडौं । आज ६६औं प्रहरी दिवस मनाइएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा विशेष समारोहबीच दिवस मनाइएको हो । दिवसको विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणलगायतको उपस्थिती रहेको थियो ।

प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा देउवाले पुष्पहार अर्पण गरे । सो अवसरमा प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरियो ।

प्रहरीका देशभरका युनिटहरूमा कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । प्रहरी दिवसमा नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र अनुसन्धान एवम् विपद् र महामारीमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.