भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

६ सय ९८ स्थानीय तहको मतगणना सम्पन्न हुँदा कांग्रेस ३ सय ९, एमाले १ सय ९०, माओवादी १२० पालिकामा विजयी

६ सय ९८ स्थानीय तहको मतगणना सम्पन्न हुँदा कांग्रेस ३ सय ९, एमाले १ सय ९०, माओवादी १२० पालिकामा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये ६ सय ९८ पालिकाको अन्तिम परिणाम घोषणा भएको छ ।

हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३०९ पालिका प्रमुख जितेको छ भने २८२ पालिकाको उपप्रमुख पनि जितेको छ ।

नेकपा एमालेले १९० पालिका प्रमुख र २१५ उपप्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्र १ सय १९ पालिका प्रमुखमा विजयी हुँदा १२३ उपप्रमुख जितेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले २६ पालिका प्रमुख र २९ उपप्रमुख आफ्नो पक्षमा पारेको छ । नेकपा एकीकृत समाजवादीले १७ पालिका प्रमुख र २१ उपप्रमुख जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका प्रमुख र ९ उपप्रमुख जितेको छ भने राप्रपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले ४–४ पालिका प्रमुख जितेका छन् ।

अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १५ पालिका प्रमुख जितेका छन् । मतगणना भइरहेको पालिकामध्ये कांग्रेस १८ ठाउँमा अगाडि छ भने एमाले १५ ठाउँमा अगाडि छ ।

यस्तै माओवादी केन्द्र २, जसपा ६, एकीकृत समाजवादी २, लोसपा ५ र अन्यले ५ पालिकामा अग्रता लिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.