भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

७ सय ३४ पालिकाको नतिजा सार्वजनिक हुँदा नेपाली काँग्रेस पहिलो पार्टी

७ सय ३४ पालिकाको नतिजा सार्वजनिक हुँदा नेपाली काँग्रेस पहिलो पार्टी

काठमाण्डौ । स्थानीय तह निर्वाचन २०७९ को सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । हालसम्म सार्वजनिक गरिएको मतपरिणाम अनुसार नेपाली काँग्रेसले ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको हो । २ सय पालिकाको प्रमुख पद जितेर दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । नेकपा एमालले १ सय २३ गाउँपालिका प्रमुख र ७७ वटा नगरपालिकामा प्रमुख जितेको छ ।

२४ वटा नगरपालिका र ९६ वटा गाउँपालिकाको १ सय २० पालिकाको प्रमुख जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । सबै भन्दा कम जनमत पार्टी दुई पालिका प्रमुख, नेपाल मजदुर किसान, विवेकशील साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक–एक पालिकाको प्रमुख जितेको तथ्याकं सार्वजनिक भएको छ । नेकपा एकीकृत समाजवादी १९,जनता समाजवादी पार्टी २९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिका प्रमुख जित्दै अन्य राजनीतिक दलहरुलाई पछाइ रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले देशभर चार–चार वटा पालिकाको प्रमुखमा विजय हासिल गरेका छन् । दशैभर हालसम्मको मतपरिणाम अनुार स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेका छन् ।

देशभरका ७ सय ५३ वटा पालिकामध्ये हालसम्म ७ सय ३४ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ भने १९ वटा पालिकाको मतपरिणाम मात्रै आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.