भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बस दुर्घटना हुँदा कपिलवस्तुमा १० जनाको मृत्यु, महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना

बस दुर्घटना हुँदा कपिलवस्तुमा १० जनाको मृत्यु, महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना

काठमाडौं । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको सुनौलो महाकाली यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटना कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते ११ जना भने सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

मृतकहरू केहीको सनाखद भए पनि केहीको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.