भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कलंकीदेखि सुनसरीसम्म लागुऔषधसहित ११ जना पक्राउ

कलंकीदेखि सुनसरीसम्म लागुऔषधसहित ११ जना पक्राउ

मुख्य कुरा:

  • देशभरका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जनालाई पक्राउ

  • कलंकीबाट हेरोइन, गाँजा, डिजिटल तराजु र नगदसहित ३ जना पक्राउ

  • रूपन्देहीमा ब्राउनसुगरसहित ३ जना पक्राउ

  • बारा र सुनसरीबाट ट्रामाडोल, स्पास्मो लगायतका लागुऔषधसहित ५ जना पक्राउ

  • प्रहरीले थप अनुसन्धान गर्दैछ

काठमाडौं, १४ साउन । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीबाट करिब १ ग्राम ९ सय १० मिलिग्राम हेरोइनजस्तो खैरो पदार्थ, १ सय ३८ ग्राम ८ सय ६० मिलिग्राम गाँजाको धुलो, डिजिटल तराजु र नगद २१ हजार रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।

उनीहरू हुन्—धादिङ घर भएका ३६ वर्षीय शिव नेपाली, रामेछाप घर भएका ३० वर्षीय मिलन श्रेष्ठ र झापा घर भएका २६ वर्षीय सुरज श्रेष्ठ । रूपन्देही देबदह नगरपालिका-१० चरङेबाट करिब ७ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थसहित सागर विक (२४), हेमन्तसिंह पुन (३१) र भारत उत्तर प्रदेशका प्रभुराम ओझा (२५) पक्राउ परेका छन् ।

बारा सिम्रौनगढ नगरपालिका-६ बाट ट्रामाडोलका १० हजार ३ सय ८० ट्याब्लेटसहित ५० वर्षीय उपेन्द्र साह पक्राउ परेका छन् । सुनसरी बराहक्षेत्र नगरपालिका-१ चतराबाट ट्रामाडोल २ हजार १ सय र स्पास्मो ५ सय ४० ट्याब्लेटसहित राजु शर्मा (५०) र उनकी पत्नी रिता शर्मा (३२) पक्राउ परेका छन् ।

सुनसरी इनरूवा नगरपालिका-४ बसचोकबाट ब्राउनसुगर जस्तो पदार्थसहित मोरङ सुन्दरहरैँचा नगरपालिका-६ का २४ वर्षीय कुमार राई र इटहरी उपमहानगरपालिका-१७ का २९ वर्षीय सोबित तामाङ पक्राउ परेका छन् । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.