भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रुसमा ८.८ म्याग्निच्युडको भूकम्पपछि जापानका आणविक प्लान्टका कामदार सुरक्षित स्थानमा सारिए

रुसमा ८.८ म्याग्निच्युडको भूकम्पपछि जापानका आणविक प्लान्टका कामदार सुरक्षित स्थानमा सारिए

रुस, १४ साउन । रुसको पूर्वी क्षेत्रमा आज बिहान शक्तिशाली ८.८ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र (यूएसजीएस) का अनुसार यो भूकम्प पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा र १८.२ किलोमिटर गहिराइमा गएको थियो । यसपछि परकम्पहरू भने निकै कम भएका छन् ।

रुसी समाचार संस्था तासले भूकम्पमा थुप्रै व्यक्ति घाइते भएको जनाउँदै ठूलो मानवीय क्षतिको जोखिम रहेको जनाएको छ । भूकम्पपछि रुस, जापान र अमेरिकाको अलास्का क्षेत्रमा सुनामीको जोखिमका कारण सतर्कता अपनाउन र नागरिकलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ ।

जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनी (टीईपीसी) ले फुकुशिमा दाइची र दाइनी आणविक प्लान्टका कामदारलाई तत्काल सुरक्षित ठाउँमा सारेर सुरक्षा सुनिश्चित गरेको छ । अमेरिकी अधिकारीहरूले अलास्का र हवाईमा सुनामी आउने चेतावनी जारी गरेका छन् ।

सुनामीलाई शक्तिशाली छालहरूको श्रृङ्खला भएको बताइएको छ जसले व्यापक क्षति पुर्‍याउन सक्ने खतरा छ । यो भूकम्प रुसको क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प हो । विगत १० दिनमा त्यही क्षेत्रमा लगातार भूकम्पका घटना देखिएका छन् । जुलाई २० मा मात्र पाँच वटा भूकम्प भइसकेका थिए ।

 


Thali Mobile Pvt.Ltd.