काठमाडाैं । देशको सार्वभौमिक्ता जोगाउन केपी ओलीको विकल्प नरहेको नेकपा मुगु जिल्लाका सचिवालय सदस्य डम्बर वहादुर रावलले बताएका छन् ।
अव युवा पुस्ता नेतृत्व हस्तान्त्रण गरेर नेपालको राष्ट्रियता जोगाउन अनुरोध गर्दै चुतेह शैलीका अगाडि खुट्टा नकमाउन ओलीलाई आग्रह गरे । कम्युनिष्ट भन्ने तर आनीबानी नसुधार्ने कम्युनिष्ट हुदैनन् भन्दै सत्ता उन्मादमा रमाउन दिन र यिनीहरु को हुन भन्ने कुरा जनतालाई राम्रोसंग चिन्न दिनु पर्ने बताए ।
कैलाश खबर एच डिको विशेष अंकमा कुरा गर्दै उनले यस्तो बताएका हुन । नेकपा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष समेत रहेका रावलले नेकपाको किचलो कुर्सीलोलुपको झुण्डले गरेको परपंच भएको बताए । दुबै अध्यक्ष संवेदनशील भएर अघि बढ्नु पर्ने भन्दै राष्ट्रियता धरापमा नपार्न चेतावनी समेत दिए ।
यदि साँच्चिकै कम्युनिष्ट भए शिक्षा र स्वास्थ्य निशुल्क बनाउनु पर्ने धारणा राख्दै रावलले नेतृत्वले खुट्टा नकमाएर यसलाई कार्यान्वयनमा लैजानु पर्ने बताए । तलपरेका वर्गको मुक्तिका निम्ति बोल्ने कम्युनिष्ट भएकाले सत्तामा बसेका कम्युनिष्टका व्यवहारले राजावादी जन्माउने तर्फ केन्द्रित नबन्न आग्रह गरे ।
जनतालाई ध्यानमा राखेर समृद्धिको यात्रामा लाग्न नेतृत्वलाई अनुरोध गर्दै कर्णाली प्रदेशलाइ हिजाेकाे पंचेहरूकै दृष्टिकाेणबाट हेरिनु गणतन्त्रमा पनि उही नजर हुनु दुखद भएकाे बताए । कर्णालीलाइ विशेषतामा राखेर हेर्नु पर्ने बताए । अहिले विवेक नभएकाहरु सडकमा आएर राजा चाहियाे भनेर कुर्लिरहेको भन्दै राजावादीहरुले टाउको नठड्याउन चेतावनी समेत दिए ।
हेर्नुहोस् भिडियो….
