भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छानबिन समितिको निष्कर्षः १३८ किलो सुन ल्याएकाे हाे

छानबिन समितिको निष्कर्षः १३८ किलो सुन ल्याएकाे हाे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १४ किलो सुन तस्करी प्रकरण छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । भन्सार प्रमुख मणिराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा मीनबहादुर घले नेतृत्वको समूहले पटक–पटक गरी १३८ किलो सुन ल्याएको र त्यसमध्ये मङ्सिर २२ गते १४ किलो सुन बरामद भएको निष्कर्ष निकालेको हो । मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीयसँग मिलेर सुन तस्करी गर्ने गरेका प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले मङ्सिर २१ गते १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई विमानस्थलबाट पक्राउ गरेको थियो । प्रतिवेदनमा मीनबहादुर घलेले विमानस्थलमा ‘सेटिङ’ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेका र विमानस्थलबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ,

अवकाश प्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको उल्लेख छ । सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइ, शौचालय, प्लम्बर, एसी लगायतमा सफाइ र मर्मतको काम गर्नेहरूले भन्सार जाँच छलेर बाहिर निकाल्ने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.