भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पठाओ र इनड्राइभ चलाउने ४८ जना प्रहरी नियन्त्रणमा

पठाओ र इनड्राइभ चलाउने ४८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले अफलाइन पठाओ र इनड्राइभ चलाउने मोटरसाइकल राइडरलाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले ४८ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

शनिबार र आइतबार गरेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका चालकमाथि अभद्र मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्न लागेको तयारी प्रहरीको छ । अफलाइनमार्फत् यात्रुहरुसँग पैसाको बार्गेनिङ गर्ने, हैरानी दिने,

उच्छ्रिङखल व्यवहार गर्नेलगायतको गुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । केही राइडर भने मोटरसाइकल नै छाडेर भागेका छन् । कुल ७५ वटा मोटर साइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.